नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो ।
सम्झौता अनुसार ई–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले हस्ताक्षर गर्नुभएको हाे ।
निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्त्वलाई उजागर गरेको बताउँदै नागरिकमा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो ।
यस्तै एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले नागरिकमा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै ई–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय रहेकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।