हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै उद्योग वाणिज्य सङ्घले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाण्डाै महानगरले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजीरोटी खोसेको भन्दै सङ्घले महानगरको अभियानप्रति आपत्ति जनाएको हो ।
सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर, कर तिरेर करौडौँ रुपैयाँ लगानी गरेका व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गर्नुभयो । उहाँले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारको दुरुपयोग गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेयरले डोजर, प्रहरी अगाडि पछाडि राखेर अधिकार छ भन्दैमा त्यसरी अधिकारलाई दुरुपयोग नगर्न अनुरोध हो । शक्ति यस्तो चिज हो बन्दुक भएपछि चलाउँ चलाउँ लाग्दो रहेछ । काम गरेर खानेहरूलाई चलाउन नहुने हाम्रो भनाइ हो । बहाल कर लिन महानगरले पार्किङ हो वा व्यवसाय भनेर थाहा भएन । महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्ने हो । व्यवसायीले लगानी गरेको सम्पत्ति पोको बनाएर जाऔँ भन्ने हो ? अनधिकृत रूपमा बनाएकाे संरचना भत्काउने महानगरलाई अधिकार छ । त्यसमा हामी साथ नदिएको होइन । महानगरले व्यापार, व्यवसाय गरेर गरिखानेहरूको पीडा बुझ्नुपर्छ भनेको हो । नियम विपरीत भएपनि हटाउनका लागि समय दिनुपर्छ । अन्डरग्राउन्ड पार्किङमा व्यवसाय गरेको भन्दै व्यवसायीलाई महानगरले जुन व्यवहार गरेको छ, त्यो गलत हो ।’
अध्यक्ष श्रेष्ठले घरधनी र महानगरबीचको विवादको बीचमा व्यापारीलाई पारेर उनीहरूलाई मेयरले पसलमा नै गएर धम्क्याएकाे दाबी गर्दै त्याे काम गलत भएको बताउनुभयो । उहाँले आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्यायसङ्गत नभएको टिप्पणी गर्नुभयो । अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाण्डाै उद्योग वाणिज्य सङ्घ व्यवसायीको हकहितको रक्षाका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले महानगरकाे अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीप्रति गरेको व्यवहारको विरोध गरेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले महानगरले क्षति पुर्याएका व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँले पार्किङका लागि नक्सा पास भए पनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर महानगरले ब्याज खाएको आरोप लगाउनुभयो । उहाँले काठमाण्डाै महानगरपालिकाले व्यवसायीबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिनुभयो ।
अध्यक्ष श्रेष्ठले महानगरले पार्किङ प्रयोजनका लागि भनेर व्यवसायको कर लिने अनि बिहानै महानगरको मेयरलाई केही सनक चढ्यो भन्दैमा पसल बन्द गर्न जानु राम्रो नभएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले ३५ दिने सूचना दिए ३५ दिन कटेर ३६ दिन भयो उठेर जाऔँ भन्न प्रजातन्त्रिक देशमा सान्दर्भिक हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । नेपालको कानुनमा अन्डरग्राउन्डमा पसल राख्न पाइँदैन भनेर महानगरले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रायण
Aug. 25, 2022, 10:47 p.m.फुटपाथ, पार्किङ व्यापार व्यवसाय गर्नका लागि बनाएको हो? जसरी पनि पैसा कामउनु पर्ने? अवैध संरचना बनाएर भाडामा लागउने अनि जे पनि गर्न पाउनु पर्छ भन्ने? यस्तैले हो देश बिगारेको ! मेयर साबले जे गरेको एकदम ठिक गरेको छ। यस्तै गर्न पर्छ! शक्ति र पैसाको आडमा जे पनि गर्न पल्केकाहरु!
सम्पुर्ण पुमा
Aug. 25, 2022, 7:24 p.m.राजनेताको आडमा ठगीको धन्दा गर्ने मुला उद्धोग ब्यापारि संघका कर्मचारी धुसखोरि भ्रष्टाचारी हौ । बालेनले जे गरे ठिक गरे ।