शेयर बजार आज पनि घट्याे, २ हजार २२ विन्दुमा झर्‍याे

 भदौ १०, २०७९ शुक्रबार १३:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ ।

आज जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से घटेकाे दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पाेरेशनको शेयर भने झन्डै ६ प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया