एन्फालाई ७ हजार डलर जरिबाना

 भदौ १४, २०७९ मंगलबार ७:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कुवेतमा भएको एसियन कप–२०२३ छनोट (तेस्रो चरण) मा भएको घटनालाई लिएर एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाललाई ७ हजार डलर जरिबाना गरेको छ ।

गएको जेठमा भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका दुई खेलमा पहेँलो कार्ड पाएकाले इन्डोनेसियाविरुद्धको अन्तिम खेलमा निलम्बनमा परेका थिए ।

तर, उनी निलम्बित भएको खेलमा ‘ड्रेसिङ रुम’ र मैदानमै पुगेका थिए । त्यसबापत अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ६ हजार अमेरिकी डलर जरिबाना तिनुपर्ने भएको हो ।

इन्डोनेसियासँगको खेलमा पहिलो हाफ ढिला सुरु गराएको भन्दै एन्फालाई थप १ हजार डलर जरिबाना गराउने निर्णय पनि भएको छ । एएफसीले जरिबानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया