उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटमा आज बङ्लादेश र अफगानिस्तान खेल्दैछन् ।
खेल यूएईको सारजाह क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको अफगानिस्तानले दोस्रो र बङ्लादेशले पहिलो खेल खेल्न लागेका हुन् ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।
समूह ‘बी’ मा अफगानिस्तान, बङ्लादेश र श्रीलङ्का रहेका छन् । यसअघि भएको खेलमा श्रीलङ्कालाई ८ विकेटले हराएर अफगानिस्तानले र समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् ।
भारतले भोलि हङकङसँग र पाकिस्तानले शुक्रवार हङकङसँग खेल्नेछ । बिहीवार श्रीलङ्का र बङ्लादेशबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।