शेयर बजार २ अङ्कले बढ्याे

 भदौ १४, २०७९ मंगलबार १५:११:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ । दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया