हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा डेङ्गी ज्वरोका बिरामी बढेपछि अस्पतालमा चाप बढेकाे छ । काठमाण्डौ उपत्यकासँगै रुपन्देहीका अस्पतालमा डेङ्गीका बिरामीको चाप बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताउनुभयो ।
यस वर्ष ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ र काठमाण्डाैमा तीन सय ३२ जनमा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । अस्पतालमा अहिले दैनिक ३० देखि ३५ जना भर्ना गर्नुपर्ने खालका र ६० देखि ७० जना सामान्य लक्षण देखिएका डेङ्गीका बिरामी आउन थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. विमल चालिसेले बताउनुभयो ।
यस्तै वीर अस्पतालमा अहिले डेङ्गीका २४ जना बिरामी भर्ना भएर उपचार गराइरहेका र सामान्य लक्षण देखिएका बिरामी बढेका अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो ।
एकै ठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गी सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोकेर डेङ्गी रोग सार्ने गर्दछ । डेङ्गीको रोकथाम गर्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, बिहान–बेलुका सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउन वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्न स्वास्थ्य मन्त्रालयको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।