उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । आजको खेल जिते भारत सुपर चारमा पुग्नेछ । हङकङ आज पहिलो खेल खेल्न लागेको हो । साथै हङकङले भारतसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तर एकदिवसीयमा भएका दुई खेलमा भने भारत विजयी भएको छ ।
एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर चारमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । भोलि श्रीलंका र बंगलादेश तथा पर्सि पाकिस्तान र हङकङबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।