मुथुट फिनकर्प र आईएमईबीच सम्झौता, ‘इन्डाे–नेपाल रेमिट्यान्स सेवा विस्तारका लागि महत्त्वपूर्ण’

 भदौ १७, २०७९ शुक्रबार २०:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै : इन्डो–नेपाल काेरिडोरको रेमिट्यान्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आईएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) साजी वर्गीस र आईएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गर्नुभएको छ ।

भारतमा बुधवार आयोजित कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सीईओ आफ्ना ३६ सय वटा शाखामार्फत भारतमा बसाेवास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको बताउनुभयाे । यस्तै आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आईएमईको पहुँच विस्तार भएको बताउनुभयो । आईएमईका सीईओ पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इन्डाे–नेपाल रेमिट्यान्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । 

कार्यक्रममा बाेल्दै आईएमईका नैथानीले भन्नुभयाे, ‘मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिट्यान्स सेवामा अर्को कोशेढुङ्गा थपिनेछ जहाँ ग्राहकले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्नेछन् । यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालमा रहेका परिवारलाई घर फर्काउनका लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ ।’ 

नेपाली आप्रवासीले मुथुट फिनकर्प लिमिटेडको ३६ सय वटाभन्दा बढी शाखामध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन् । नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ । हरेक वर्ष धेरै नेपाली मौसमी बसाइसराइँ, निश्चित अवधिका लागि जागिर र सरकारी जागिरलगायत विभिन्न पेसाका लागि भारत जाने गर्छन् । 

आईएमई सन् २००१ देखि रेमिट्यान्स व्यवसायमा लागिरहेको छ । यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया