उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – जिम्बावेले अस्ट्रेलियालाई पहिलो पटक उसकै भूमिमा हराएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई तीन विकेटले हराउँदै जिम्बावेले यो उपलब्धि हासिल गरेको हो ।
अस्ट्रेलियाले दिएको एक सय ४२ रनको लक्ष्य ३९ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै जिम्बावेले इतिहास रचेको हो । जिम्बावेका लागि रेगिस चकाबाभाले ३७ र तादिवानाशे मरुमानीले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवूडले तीन विकेट लिए ।
यसअघि टाउन्सभिलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया ३१ ओभरमा एक सय ४१ रन बनाउँदै अलआउट भए । अस्ट्रेलियाका लागि डेभिड वार्नरले ९४ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ जिम्बावेका रायन बर्लले पाँच विकेट लिए ।
यो खेल जिम्बावेले जिते पनि शृङ्खला अस्ट्रेलियाले दुई–एकले जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।