शेयर बजार साढे ६ अङ्कले बढ्याे

 भदौ १९, २०७९ आइतबार १६:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतवार शेयर बजार साढे ६ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ६८ अङ्कले बढेर एक हजार नाै सय ७७ दशमलव ३० विन्दुमा पुगेको छ । 

आज बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २७ वटा कम्पनीकाे २८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब सात करोड १६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको आठ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज रुरु हाइड्रोको शेयर १० प्रतिशत तथा हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ । सर्पोट लघुवित्त कम्पनीको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया