हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर तिर्न सात वटा क्यासिनोलाई पत्र पठाएकाे छ ।
आज आइतवार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग, हाेटल एल्फटकाे बाल्काे क्यासिनाे र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न भनेको हो । सात दिनभित्र कर नतिरे कारबाही गर्ने महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको छ ।
बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक–पटक ताकेता गर्दा पनि चार वर्षदेखि कर नतिरेको महानगरपालिकाले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र त्यसको जरिवानासहित सात दिनभित्र कर चुक्ता नगरे महानगरको राजस्व ऐनअनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । सात वटै क्यासिनोले प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ महानगरपालिकालाई बुझाउनुपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।