झन्डै १२ अङ्कले घटेर शेयर बजार आज पनि राताम्मे

 भदौ २२, २०७९ बुधबार १५:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया