नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताउनुभएको छ ।
बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय देश आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धरासायी हुने बताउनु भयो । मन्त्री बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न नसके अर्थतन्त्रलाई माथि उकास्न नसकिने दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताउनु भयो । उहाँले नेपाल कृषिमै परनिर्भर भएको अवस्थामा समग्र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको अहम भूमिका हुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नको निम्ति देश भित्रको उद्योगलाई व्यापक रुपमा बढाउन सकेनौं र रोजगारी सिर्जना गर्न सकेनौं र नेपाली उत्पादन वस्तुहरुको उपभोग पनि बढाउन सकेनौं भने सरकारले आयातलाई व्यवस्थापन गर्न नसक्ने निस्कर्ष रहेको छ । सरकार क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौं भने देशको अर्थतन्त्र उकास्न सकिँदैन । यो एउटा योजना एउटा आर्थिक वर्षमा नै पूरा हुन्छ भन्ने होइन । तर केही वर्षभित्र देशको आर्थिक अवस्था सुधार गर्नको लागि प्रधानमन्त्रीसँग जोडेर प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा अगाडि बढाएको हो । देशको अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणालाई प्राथमिकता मानेका छौं । १० वर्षमा एउटा परिणामा पुग्न सक्छौं ।’
मन्त्री बडूले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निरन्तरताले करिब १० वर्षमा उद्योगको क्षेत्रमा एउटा परिणाम ल्याउने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।