२० वर्षमुनिको एसिया कप छनोटमा बहराइनले नेपाललाई ६–० ले हरायाे

 भदौ ३०, २०७९ बिहीबार ६:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २० वर्षमुनिको एसिया कप छनोटमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा बहराइनले नेपाललाई ६–० गोलले हरायो । बहराइनले २० मिनेटमा गोलको सुरुवात गरेको थियो ।

खेलको २८औँ मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । हारसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ ।

नेपाल पहिलो खेलमा भुटान र दोस्रो खेलमा कतारसँग पराजित भएको थियो । नेपालले अन्तिम खेल आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया