अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना बेपत्ता

 असोज १, २०७९ शनिबार १२:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम - अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । 

अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार यी वडामा तीन जना पहिराेमा परि बेपत्ता छन् ।  ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले घाइतेहरुकाे उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएकाे जानकारी दिनुभएकाे छ ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले पहिराेमा परि ज्यान गुमाएकाकाे शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया