महोत्तरीमा ९ जनाकाे उम्मेदवारी फिर्ता

 असोज २६, २०७९ बुधबार १६:२:१७ | सुनिता महताे
unn.prixa.net

महोत्तरी – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि महाेत्तरीबाट उम्मेदवारी दिएकामध्ये नाै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।  

महाेत्तरी क्षेत्र नं ३ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिनुभएकाे छ । आज बुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदाे मङ्सिर ४ गते हुन लागेकाे चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । 

यस्तै उम्मेदवारी फिर्ता लिनेमा त्यही निर्वाचन क्षेत्र नं. ३ (ख) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सफुदिन अन्सारी पनि हुनुहुन्छ । 

क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णप्रसाद देवकोटा र क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार रामबाबु साहले पनि उम्मेदवारी दिनुभएकाे छ । 

यस्तै क्षेत्र नं. १ (क) का स्वतन्त्र उम्मेदवार हरेराम लामा, क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटा, क्षेत्र नं. २ (क) का स्वतन्त्र उम्मेदवार हरिचन यादव, क्षेत्र नं २ कै स्वतन्त्र उम्मेदवार मुरली यादव र क्षेत्र नं. ४ (क) का स्वतन्त्र उम्मेदवार दिनेशकुमार यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया