काभा भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा हेल्प नेपाल , आज पनि ...
मंसिर २७, २०८१ बिहिबार
कालीकाेट - कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–कालीकोट सडक खण्डमा गाडी चल्न थालेका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-२ सेरीघाटमा तिलानदीले बगाएको सडकको पुनःनिर्माण हिजो बेलुका सकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
सुर्खेत–कालीकोट सडक खण्ड सञ्चालनमा आएको र यसले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।
सेरीघाटको चट्टान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सहयोगमा फुटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालीकोटको पिलिसम्म राजमार्ग सञ्चालनमा आएको र पिलीबाट जुम्लासम्म पनि सडकको अवरोध पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । सडक खुलेसँगै १० दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।