निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबर...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – आज चुनावको दिन भाडाका गाडी चलेका छैनन् । आज तोकिएका गाडी मात्रै सञ्चालन गर्न पाइने नियमअनुसार धेरै गाडी नचलेका हुन् ।
दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइने आयोगले जनाएको छ ।
आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् ।
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अरू त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले पनि निर्बाध रूपमा गाडी चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने गाडी, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, फोहोरमैला ओसारपसार गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडी, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडी, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडीका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता गाडी मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन ।
अपाङ्गता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा गाडी चलाउन सकिने आयोगले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने र बाहिरिने गाडीलाई सवारी अनुमति पत्र आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । तर विमानस्थलसम्म आवतजावत गर्ने गाडीमा सवार व्यक्तिले हवाई टिकट र पासपोर्ट अनिवार्य देखाउनु पर्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।
मापदण्ड विपरीत गाडी प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।