नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ ।
आज बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत् आयोजनाहरू सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो । घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता हुने बताउनुभयो । उहाँले १५ हजार मेगावाट विद्युत् उत्पादन पुग्दा झन्डै ५ अर्ब रुपैयाँ विद्युत् प्राधिकरणबाट राजस्व सङ्कलन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो वर्ष नै झन्डै ३ हजार मेगावाटको क्षमता हुन्छ नेपालमा । हामीले ५/६ वर्षभित्र झन्डै १०/१५ हजार मेगावाट क्षमता हुन्छ भनेर क्यालकुलेशन गरेका छाैँ । ३ हजार मेगावाटमात्रै भयो भने पनि झन्डै ५० अर्बको रोयल्टी तिर्दा रहेछौँ । १५ हजार मेगावाट बिजुली उत्पादन भयाे भने झन्डै ५ खर्ब रुपैयाँ हाइड्रोपावरको रोयल्टी र ट्याक्समात्रै आउने देखिन्छ ।’
प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाको प्रवर्द्धन गर्नसके राजस्वमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको ५ महिनामा बिजुली निर्यात गरेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको पनि बताउनुभयाे । घिसिङले जलविद्युते देशको समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।