नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
अमेरिकाको टेक्सास शहरमा बस्ने च्यारिटी ली जब ६ वर्षकी थिइन् त्यतिबेला नै उनले आफ्नै अगाडि बुवाको हत्या भएको देखिन् । उनको बुवाको हत्या गर्ने उनकै आमा थिइन् ।
धेरै वर्षपछि च्यारिटी लीका १३ वर्षका छोरा पेरिसले आफ्नै चार वर्षीया बहिनी एलाको हत्या गरे ।
छोरीलाई सम्झँदै च्यारिटीले बीबीसीलाई भनेकी छिन्, ‘एलाको स्वभाव चञ्चले थियो । धेरै कुरा गर्नुपर्थ्यो । पेरिसको स्वभाव निकै लजालु र शान्त बस्ने किसिमको थियो । दुवैजना एकअर्कालाई माया गर्ने र इज्जत दिने गर्दथे ।’
‘पेरिस निकै शान्त बच्चा थियो । ऊ आफैंमा व्यस्त हुन्थ्यो, अरु बच्चा जस्तै । उसको यस्तो स्वभावले मलाई कहिले कुनै समस्यामा पारेको थिएन ।’ ‘तर विगतका यी कुरालाई याद गर्ने हो भने त्यो एक संकेत थियो भन्ने अहिले लाग्छ । त्यतिबेला उसको व्यवहार सामान्य लाग्थ्यो, यो उमेरमा बच्चाहरुको व्यवहार यस्तै हुन्छ भन्ने लाग्थ्यो ।’
‘जब पेरिसको उमेर १२ वर्षको भयो र एला लगभग दुई वा तीन वर्षकी भइन्, तब म विस्तारै लागुऔषधतर्फ आकर्षित भएँ । हुन त मैले यो कुलत वर्षौँ अघि त्यागेकी थिएँ तर म फेरि त्यसलाई पछ्याइरहेको थिएँ ।
एकदिन यस्तो घटना भयो, च्यारिटीकी आमाको फार्ममा पेरिस र एला आफ्ना काकीसँग खेलिरहेका थिए । च्यारिटी भन्छिन्, ‘उनीहरुबीच एकाएक झगडा भयो । मैले दुबैको झगडा मिलाएँ । त्यसपछि म पेरिसलाई खोज्न थालेँ, मैले देखेँ उ किचनबाट एउटा चक्कु लिएर बाहिर निस्कियो । मलाई देख्नेबित्तिकै उ रोयो । मलाई उसको नजिक गएँ भने आफूलाई घाइते बनाउन चेतावनी दिँदै उ रोइरहेको थियो ।’
‘मलाई थाहा थियो कि पेरिस मेरो कुलतका कारण निकै दुःखी थियो । यो सबै त्यही कारणले भइरहेको थियो । मैले पेरिको व्यवहार परिवर्तन भएपछि उसलाई अस्पताल पुर्याएँ । डाक्टरले यो प्रवृत्तिबारे केही पत्ता लगाउन सकेनन् ।’ ‘सन् २००५ मा मैले लागुऔषधको लत छोडेँ ।’ सन् २००७, फेब्रुअरी ४ मा म एउटा रेष्टुरेन्टमा वेट्रेसको काम गरिरहेकी थिएँ ।’
‘म काममा हुँदा एला बाथटबमा थिइन् । सामान्य रुपमा उनले मलाई अंगालो हालेर ‘गुडबाइ मम’ भन्ने गर्थिन् । त्यसदिन उनले मलाई पटकपटक अंगालो होलिन् र चुमिन् ।’
‘त्यो दिन पेरिस मसँग रिसाएको थियो । यो सामान्य कुरा थियो किनभने यस्तो धेरैजसो भइरहन्थ्यो । मलाई राम्रोसँग याद छ कि त्यसदिन म उनी भएठाउँ गएर भनेकी थिएँ, म तिमीलाई कति माया गर्छु । हामीले निकै खराब समय बिताइसकेका छौं ।’ ‘पेरिसलाई यसरी सम्झाएपछि म काममा गएँ ।’
‘आधा रात भयो । रेष्टुरेन्ट बन्द हुनै लागेको थियो । त्यति नै बेला दुई जासुस र एक पादरीले मलाई छोरी घाइते भएको र घरमा नै भएको जानकारी दिए । मैले उनीहरुलाई किन अस्पताल नलगेको भनेर सोधेँ । उनीहरुले छोरीको मृत्यु भइसकेको बताए । उनीहरुले हत्यारा मेरै छोरा र उनको दाइ पेरिस भएको पनि जानकारी दिए ।’
‘यो सुनेर मेरो संसार रोकियो । केही पनि सोच्नै सकिनँ ।’
त्यो दिन पेरिसले धाईआमालाई आमा घर फर्किनुअघि नै घर पठाइदिएका थिए । त्यसपछि उनी आफ्नी चार वर्षे बहिनीको कोठामा गए । उनको यौन शोषण गरे, कुटे, घाँटी थिचे र १७ पटक चक्कुले हानेर हत्या गरे ।
पेरिसले आफ्ना साथीलाई बोलाए । उनीहरुसँग कुराकानी गरे । त्यतिबेलाका साक्षीका अनुसार उनले आफ्नी बहिनीलाई बचाउनका लागि कुनै कोसिस नै गरेनन् । ‘भोलिपल्ट म पेरिसलाई भेट्न गएँ जहाँ उनलाई नजरबन्द गरिएको थियो ।’
पेरिसले मलाई भने, ‘तपाईं मलाई भन्नुहुन्थ्यो, आफ्नो बच्चालाई हानी पुर्याउनेको म हत्या पनि गर्न सक्छु, अब तपाईं के गर्नुहुन्छ ?’’
‘उसको प्रश्नमा आमाले केही नराम्रो गर्लिन् कि भन्ने कुनै डर थिएन । उसको शब्दले मलाई चुनौती दिइरहेको थियो । पहिलो पटक मैले आफ्नो छोरा पेरिसलाई पेरिस देखिरहेको थिइनँ, ऊ अर्कै भइसकेको थियो ।’
मैले भनेँ ‘म तिमीलाई त्यहि बचन दिन्छु जुन मैले तिमी जन्मिँदा गरेको थिएँ ।’
पेरिसलाई मैले पहिलो पटक बोक्दा उसको कानमा भनेकी थिएँ, ‘मलाई राम्रो आमा कसरी बन्ने केही थाहा छैन तर म तिमीलाई यो वचन दिन्छु कि म सधैं तिम्रा लागि आफ्नो तर्फबाट उत्कृष्ट गर्नेछु ।’’
‘पुलिसले मलाई त्यो दिनको घटनाबारे पेरिसको बयानको रेकर्डिङ दिए । जसमा पेरिसले भनेका थिए, ‘हामी दुई एउटै ओछ्यानमा सुतिरहेका थियौं । जब म सुतेर उठें तब मैले उनी एक राक्षसमा परिवर्तन भएको देखें । त्यसपछि मैले त्यो राक्षसलाई मारें ।’
अनुसन्धानमा पत्ता लाग्यो कि पेरिसले निकै अचम्मित गरिदिने कुराहरुबारे इन्टरनेटमा सर्च गरे । यसका साथै, बहिनीको हत्याको क्रममा उनले अत्यधिक भयानक तरिका अपनाएको पत्ता लाग्यो ।
अन्त्यमा पेरिसले यो कुनै दुर्घटना नभई नियोजित हत्या भएको स्वीकार गरे । सन् २००७ मा पेरिसलाई ७० वर्षको जेल सजाय तोकियो ।
घटनाका लागि आफूलाई दोषी मान्नुहुन्छ ? भन्ने प्रश्नमा च्यारिटी भन्छिन्, ‘हो पनि होइन पनि । म दोस्रो पटक नशामा फसेको कुराले पेरिसमाथि अत्यधिक प्रभाव पार्यो भन्ने कुराको सधैं जिम्मेवारी लिएँ । मलाई लाग्यो कि यसको ठूलो कारण आनुवांशिक हो ।’
सन् २०१३ मा लगभग ६ वर्षपछि च्यारिटी फेरि गर्भवती भइन् । उनले बच्चाको नाम फोनिक्स राखिन् । च्यारिटी भन्छिन्, ‘पेरिस र एलामाथि जे भयो त्यो मेरो जीवनको अन्त्य होइन । जिन्दगी अघि बढ्छ ।’
पेरिस टेक्सासको एक जेलमा कैद छन् । उनी अब लगभग २५ वर्ष पुगेका छन् । च्यारिटी उसलाई भेट्न अहिले पनि जेलमा जान्छिन् र फोनमा पनि कुरा गर्छिन् । उनी सन् २०४७ मा जेलमुक्त हुने सम्भावना छ ।
–बीबीसी हिन्दीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।