सिन्धुलीको गोलञ्जोरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो :पाँ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान सुरु हुन लागेको उज्यालोलाई जानकारी दिनुभयो । यो केन्द्रमा ९९९ जना मतदाता छन् ।
बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बुढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन् ।
उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।
त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।