नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएकाे वर्षको भन्दा यो वर्ष व्यापार घाटा झन्डै १६ प्रतिशतले घटेको छ ।
४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएकाे वर्षको चार महिनाको तुलनामा १८ दशमलव ८ प्रतिशतले कम हो । यस्तै चार महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गएकाे वर्षको तुलनामा ३३ दशमलव ३० प्रतिशतले कमी हो । ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ । सरकारले निजी प्रयोजनका लागि आयात हुने गाडी, सुपारी लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि व्यापारमा कमी आएको हो ।
४ महिनामा नेपालले २२ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल तथा ३९ अर्ब रुपैयाँको घिउ/तेल आयात गरेको छ । यस्तै ५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि कच्चा पदार्थ, १ खर्ब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, १२ अर्ब रुपैयाँको रासायनिक मल र बिउ, २१ अर्ब रुपैयाँको मार्बल र यसका उत्पादन, ४२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ ।
यस्तै नेपालबाट ४ अर्ब रुपैयाँको चिया कफी, साढे १५ अर्ब रुपैयाँको घिउ/तेल र बोसो, झन्डै २ अर्ब रुपैयाँको तयारी खाद्यान्न, १ अर्ब रुपैयाँको काठबाट बनेका हस्तकलाका सामग्री, १ अर्ब रुपैयाँको तयारी पोसाक लगायतका वस्तु निर्यात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।