‘एशियन हाइवे’ निर्माणले गति लिँदै
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – ट्रक चलाउँदै टिकटक 'लाइभ' गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
हिजो साेमवार चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालकले टिकटक लाइभ गर्दै गाडी चलाएको भनेर एनआरबी नाम गरेका प्रयोगकर्ताले ट्विटरबाट ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए । फिस्लिङबाट काठमाण्डौतर्फ गुडिरहेको अवस्थामा उनले टिकटक लाइभ गरेको र जति बेला पनि दुर्घटना हुन सक्ने उजुरीका आधारमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रक चालक मनोजकुमार श्रेष्ठलाई कारबाही गरेको हो ।
ट्रक चालक श्रेष्ठलाई जरिबाना र सचेतना कक्षासमेत दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
— NRB (@being_nrb) November 28, 2022
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।