‘एशियन हाइवे’ निर्माणले गति लिँदै
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय भूमि आयोग जिल्ला काठमाण्डाैले सुकुम्वासीकाे उचित व्यवस्थापनविना नै काठमाण्डाै महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटीरूपमा अघि बढेको पाइएको आयाेगकाे भनाइ छ ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग जिल्ला काठमाण्डाैका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरि यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताउनुभयो । उहाँले आयोगले अहिले लगत सङ्कलन गरिरहेकाे र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको बताउनुभयो । वास्तविक सुकुम्वासीकाे पहिचान नगरिकन महानगरले डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन जाने कुरा उचित नभएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ । हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौँ । महानगर एकतर्फी ढङ्गले अघि बढेको भन्ने जानकारी पायौँ । लगत सङ्कलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो । एक जना पनि सुकुम्वासी भूमिहीन हुन नपरोस् भन्ने हो ।’
अध्यक्ष कक्षपतीले हिजाे (सोमवार) विना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती छिरेको भन्दै त्यस बस्तीमा त्रास पैदा भएको बताउनुभयो । उहाँले यस्ता गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताउनुभयो ।
अध्यक्ष प्रजापतीले सुकुम्वासीका लागि इचंगुनारायणमा बनाइएको अपार्टमेन्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताउनुभयो । उहाँले यसअघि पनि त्याे अपार्टमेन्टमा पुगेका सुकुम्वासीलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको बताउनुभयो । त्यस अपार्टमेन्टमा एक सय ३४ परिवार राख्ने कुरा रहेको भए पनि आयोगले लगत सङ्कलन गरेपछि मात्रै यति नै सुकुम्वासी छन् भन्ने यकिन हुने बताउनुभयो ।
सोमवारदेखि आन्दोलनरत थापाथली सुकुम्वासी बस्तीका बासिन्दा भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए । सुकुम्वासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि फेरि त्यही ठाउँमा बस्ने बताउनुभयो । उहाँले विना विकल्प जबरजस्ती उठाउन नहुने र सधैँका लागि सबै सुकुम्वासीको समस्या समाधान हुनुपर्ने माग गर्नुभयो ।
सुकुम्वासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ति छ । केही समयअघि मात्रै उनीहरू काठमाण्डाै महानगरपालिकाको गेटमा प्रदर्शन र नाराबाजीमा निस्किएका थिए । उनीहरूले सरकार निकम्मा भएको भन्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले सुकुम्वासी बस्ती प्रवेश गर्ने सबै सडक बन्द गराएका छन् भने सडकभर टायर र ढुङ्गा छरपस्ट देख्न सकिन्छ ।
एकीकृत बागमती सभ्यता विकास समितिले यही मङ्सिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । त्यहीअनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।