शेयर बजार ३ अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

 मंसिर १३, २०७९ मंगलबार १५:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । हिजो साेमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

नेप्से सामान्य बढेकाे दिन दुई सय ३४ वटा कम्पनीकाे २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र एनसीसी बैंकको शेयर पाँच प्रतिशतले बढेको छ ।

* यसअघि अङ्क हुनुपर्ने ठाउँमा प्रतिशत भएकाेले सच्याइएकाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया