इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत ४ विकेटले विजयी
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डौबाट थाइल्यान्डका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज बङ्गलादेशको चटगाउँ विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत देखिएपछि जहाज बङ्गलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएकाे हो । आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत बत्ती ककपिटमा देखिएपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बङ्गलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
जहाजमा एक सय ५२ जना यात्रु थिए । यद्यपि जाँच गर्दा जहाजमा कुनै खराबी भने नदेखिएको निगमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।