इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत ४ विकेटले विजयी
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको छ ।
आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशाेधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको हो । उहाँले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा त्याे नीति संशाेधन गर्न तयार रहेको बताउनुभयो । उद्योगीको मागअनुसार चालु पुँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने उहाँकाे सङ्केत थियाे ।
हाँले भन्नुभयो, ‘राष्ट्र बैंक सबैसँग अर्थतन्त्रका विषयमा खुला छलफल गर्न तयार छ । अझै पनि सरोकारवाला निकायका केही असहमति छन् भने संशोधन गर्न हामी तयार छौँ । संविधान त संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संशोधन नहुने भन्ने हुँदैन । तर अनुशासनमा सबै बस्नैपर्छ । अनुशासनमा बस्नुपर्छ भन्ने सोचले नै चालु पुँजी कर्जासम्बन्धी नीति कार्यान्वयन गरिएको छ । अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी छ । रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने छ । आयात सधैँ रोकेर साध्य पनि हुँदैन । भोलिको दिनमा यो खुल्छ, बिजनेसलाई राज्यले सधैँ रोकेर राख्दैन ।’
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मकरूपमा सुधार हुँदै सहज अवस्थामा आएको बताउनुभयो । उहाँले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको बताउनुभयो । अर्थतन्त्रमा अझै केही समस्या रहेको उहाँले स्वीकार गर्नुभयो । आन्तरिक कारणमात्र नभएर बाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको उहाँकाे भनाइ छ । गभर्नर अधिकारीले दक्षिण एसियाली देश भारतबाहेक अन्य देशभन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र राष्ट्र बैंकको तथ्याङ्कबाट देख्दैनौँ । नेपालको मूल्यवृद्धि ८ दशमलव ५ प्रतिशत रहेको छ । दक्षिण एसियाली देशमध्येमा राम्रो अर्थतन्त्र रहेको देशमा रहेका छौँ ।नेपालमा राजनीतिक अस्थिरता नहुँदा हुँदै पनि अर्थतन्त्र नराम्रो छैन । तर अर्थतन्त्रमा केही नराम्रा पक्षहरू छन् । पछिल्लो एक वर्षदेखि बाह्य क्षेको दबाबमा रहेका छौँ । केही वस्तुहरूको आयातमा प्रतिबन्ध पनि लगाइयो । राष्ट्र बैंकले आयात गर्न मार्जिनसमेत व्यवस्था गर्याे । त्यसको असरस्वरूप पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा १२ अर्ब रुपैयाँको शोधानान्तर स्थितिमा बचत हुन गयो । गएकाे वर्षको यही अवधि हेर्दा ८८ अर्ब रुपैयाँ शोधानान्तर घाटा थियो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।