अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
महाेत्तरी – विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै महोत्तरीको गौशालामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरूले आज आइतवार गौशाला–औरही सडक खण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरेका हुन् ।
कक्षा ८ मा पढ्ने सरिताकुमारी महतोले अन्तिम परीक्षा आउन केही दिन बाँकी रहँदासमेत शिक्षक नहुँदा आफूहरूको पढाइ चौपट भएको बताउनुभयो ।
सम्बन्धित पक्षले बारम्बार झुटाे आश्वासन देखाएर आफूहरूकाे भविष्यमाथि खेलबाड गरेकाे विद्यार्थीकाे गुनासाे छ । उनीहरूले जसरी पनि शिक्षकको पदपूर्ति गरेर पठनपाठन हुनुपर्ने माग राख्दै आएका छन् ।
विद्यालयले भने विद्यार्थीले चक्काजाम गरेर अनुशासनहीन काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको छ । प्रधानाध्यापक शुभकरण यादवले विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीलाई एक हप्ताका लागि निष्कासित गरिएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।