नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - हरेक वर्षजस्तै यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ ।
चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।
प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने हो । काठमाण्डौ उपत्यकामा यतिबेला वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाइ हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम नागरिकमा परिरहेको छ ।
वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि आम नागरिकहरु चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ । सबैभन्दा पहिला जथाभाबी फोहर फाल्ने बानी हटाउनु पर्छ ।
नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ । वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा गाडीहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ । आजको फोटो फिचरमा यी तस्बिरहरु ।
तस्बिर : न्युज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।