भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा आएका हुन् । केही समययता हप्तामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो हप्ता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ।
प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो। साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत् सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहेका रमेश एमके पौडेलले जानकारी दिए ।
'प्रेमकथालाई दर्शकले रूचाए । निर्माताका रूपमा अन्य चलचित्रमा आबद्ध भए पनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ', उनले भने । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको यस चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहनुभएका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत् चलचित्र निर्देशनमा डेब्यु गरेका छन् ।
'मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ', उनले भने । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको यस चलचित्रमा सारा सिर्पाली, कवीर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गरेका छन् ।
चलचित्र गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।