दुई तिहाइको दम्भ देखाउने सरकार संसद्बाट डराएर अध्यादेशको बाट...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १ सय १० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । थाइल्यान्डकी नथ्थाकन चान्थमले नटआउट ३६, चानिदा सुथ्थीरुङ्गले ३२ रन बनाइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले ३ विकेट लिइन् ।
प्रतियोगितामा थाइल्यान्ड अपराजित छ । थाइल्यान्डले यो खेल जितेमा एक खेलअघि नै उपाधि जित्नेछ । थाइल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल ५ वटै खेल हार्दै पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।