काम मिलाइदिन्छु भन्दै यात्रुलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई फेरि क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताउनुभएको छ ।
शुक्रवार सुन्धारामा रहेकाे केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर फेरि कप्तानको रूपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानको जिम्मेवारी दिनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सम्माननीय उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सन्दीप निलम्बनमा परेका हुन्, कारबाहीमा होइन, ऊ जेलबाट छुटिसकेपछि पुनः उसलाई क्यानले कप्तानी दिनुपर्छ । क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर सन्दीपलाई नेपालको क्याप्टेन बनाउनुपर्छ ।’
अधिवक्ता घिमिरेले आज सन्दीपलाई अदालतले दिएको आदेशका बारेमा आफूले जानकारी गराएको बताउनुभयो । उहाँले उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही आन्तरिक काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारिखकका लागि जिल्ला अदालत पुगेर छुट्ने बताउनुभयो ।
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न हिजाे बिहीवार उच्च अदालत पाटनले आदेश दिएको थियाे । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।