एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।
रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।
पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।
रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bikesh magar
Feb. 4, 2023, 11:44 p.m.Congratulations 👏
हेम राई
Feb. 4, 2023, 4:59 p.m.सर्ब प्रथम त बधाई दिन चाहन्छु। यदि यत्रो ठूलो रकम हात पारेको नै यदि हो भने चितवन मा बन्दै गरेको गौतम बुद्द रङ्ग शाला लाई लागेको ऋण १८ करोड चाहिँ तिरिदिएर सहयोग गरेर योगदान गर्नु हुन सल्लाह दिन चाहन्छु।यसैमा दान योगदान र महान होला। बाकी रकम ले आफ्नो जीवन गुजारा गर्नु।
Dleep bhatt
Feb. 4, 2023, 1:10 p.m.Akdam badhai x
सुजन पण्डित
Feb. 4, 2023, 9 a.m.कतारमा काम गर्ने रे युएईमा चिट्ठा रे अमिल्दो भयो कि जनाव