राष्ट्रपतिकाे सवारीमा प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका डाक्टर घाइते

 माघ २७, २०७९ शुक्रबार १९:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह घाइते हुनुभएको छ ।

शुक्रवार दिउँसाे राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते हुनुभएको हो । सङ्घीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहनुभएका सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उहाँको टाउँकोमा चोट लागेको छ ।

अहिले याे घटनाको विरोधमा त्यहाँका डाक्टरहरूले प्रदर्शन गरिरहेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा याे घटनाको विरोधमा डाक्टरहरूले प्रदर्शन गर्ने क्रममा सडक केहीबेर अस्तव्यस्त बन्न पुगेकाे थियाे । 

घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया