राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना

 माघ २८, २०७९ शनिबार ७:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको सवारीमा सडक खाली गराइँदा नागरिकले विरोध गर्दै आएका थिए । नागरिकलाई सास्ती नहुने गरी सवारी चलाउन पटकपटक माग हुँदै आए पनि सरकार र सुरक्षा निकायले बेवास्ता गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमा विशिष्ट सवारीका बेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइने भनिए पनि सडक खाली गराएर सवारी गर्ने विषय उल्लेख छैन ।

राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप हुन नदिन सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस हुँदै आए पनि यसको कार्यान्वयन भएको छैन । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया