राष्ट्रपतिकाे सवारीका बेला सडकमा डाक्टरमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आयाेगकाे माग

 माघ २९, २०७९ आइतबार १९:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपतिको सवारीका बेला सडकमा डाक्टरमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगले घटनाको स्थलगत अनुगमन गरेर डाक्टरमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले सवारीको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न पनि माग गरेको छ ।

अस्ति शुक्रवार राष्ट्रपतिको सवारीका कारण घण्टौँ ट्राफिक जाम भएको, नागरिकले कष्ट बेहाेर्नुपरेको, एम्बुलेन्सहरूसमेत ट्राफिक जाममा पर्दा बिरामी समयमै अस्पताल पुग्न नसकेको, बिरामीको उपचारका लागि अस्पताल जान लागेका डाक्टरमाथि समेत सुरक्षाकर्मीबाट हातपात भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । यस्तै आयोगले डाक्टरले अस्पतालमा उपचार सेवा बन्द गर्दा बिरामी उपचार सेवाबाट वञ्चित हुनु परेकोले अस्पतालका सेवा बन्द नगर्न पनि डाक्टरसँग आग्रह गरेको छ । 

आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन आग्रह गरेको छ । त्यस्तै विशिष्ट व्यक्तिहरूको सवारीका बेला नागरिकलाई पर्न सक्ने प्रभावबारे गम्भीर बन्न, घाइते डाक्टरको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा यो घटनाको छानबिन गरी डाक्टरमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न आयोगले माग गरेको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया