इङ्ग्ल्यान्डका विश्व कप विजेता कप्तान माेर्गनले लिए सन्न्यास

 फागुन १, २०७९ सोमबार १७:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इङ्ग्ल्यान्ड क्रिकेट टिमका पूर्वकप्तान इयाेन माेर्गनले सबै खाले क्रिकेटबाट सन्न्यास लिएकाे घाेषणा गरेका छन् । आज साेमवार सामाजिक सञ्जालमार्फत माेर्गनले यसबारे जानकारी दिएका हुन् ।

मोर्गनले आफ्नाे कप्तानीमा इङ्ग्ल्यान्डलाई सन् २०१९ काे एकदिवसीय विश्व कपकाे उपाधि जिताएका थिए । उनले गएकाे वर्षकाे जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर अब उनले फ्रेन्चाइजी क्रिकेटबाट पनि सन्न्यास लिएका हुन् ।

मोर्गन सीमित ‌ओभरकाे क्रिकेटकाे इतिहासमा इङ्ग्ल्यान्डका अहिलेसम्मकै सफल कप्तान साबित भएका छन् । उनकाे कप्तानीमा इङ्ग्लिस टिमले एक सय ९८ एकदिवसीय क्रिकेट खेल्याे । यसमा टिमले एक सय १८ मा जितेकाे छ । यस्तै टी–२० क्रिकेटमा उनले ७२ खेलमा कप्तानी गर्दै ४२ खेल जिताएका छन् ।

मोर्गनकाे जन्म आयरल्यान्डकाे राजधानी डबलिनमा भएकाे थियाे । उनले अन्तर्राष्ट्रिय क्रिकेटकाे सुरुवात आयरल्यान्डकाे राष्ट्रिय टिमबाट गरेका थिए । सन् २००६ अगस्ट ५ मा स्कटल्यान्डसँगकाे खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका माेर्गनले ९९ रन बनाएका थिए ।

माेर्गनले दुई सय ४८ एकदिवसीयमा १४ शतक र ४७ अर्धशतकसहित सात हजार सात सय एक रन बनाएका छन् । यस्तै एक सय १५ टी–२० मा एक सय ३६ काे स्ट्राइक रेटमा दुई हजार चार सय ५८ रन बनाएका छन् । टेस्टमा भने माेर्गनले १६ खेलमा सात सय रन बनाएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया