पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले नामिबियासँगकाे खेलमा शतक प्रहार गरेका छन् ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलकाे याे पहिलाे शतक हाे । उनले ९९ बलमा ९ चाैका र ४ छक्का प्रहार गर्दै शतक बनाए ।
कुशल एकदिवसीय र टी–२० मा शतक प्रहार गर्ने तेस्राे नेपाली क्रिकेटर पनि बनेका छन् । यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एकदिवसीय र टी–२० दुवै शतक प्रहार गरेका थिए ।
कुशलले २५ एकदिवसीयमा २२ भन्दा धेरैकाे औसतमा ५ सय ४२ रन बनाएका छन् । कुशल अहिले क्रिजमै छन् । नेपालले नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।