ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ऐतिहासिक जित निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन् ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएकाे आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा दुई विकेटको जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताए । यो जितपछि खेलमा लय मिलेको र आउँदा दिनमा यस लयलाई निरन्तरता दिनुपर्ने उनले बताए । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै भेटेकाे कप्तान रोहितकाे भनाइ छ ।
नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलाअन्तर्गत आज भएकाे पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतक बनाए । शतक बनाउँदा आफू खुसी रहेकाे उनले प्रतिक्रिया दिए । कुशलले लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बताए । नेपाली टोलीको एकदिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोसिस गरेको भन्दै उनले आफू ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताए । शतक पूरा गरेको अवस्थामा व्यक्तिगत हिसाबमा खुसी भए पनि टोलीका लागि खुसी दिलाउन अन्तिमसम्म पुर्याउन नसकेकोमा दुःखी भएकाे उनकाे भनाइ छ ।
भ्रमणकारी टोली नामिबियाका कप्तान ग्रेहार्ड इरासमसले क्रिकेटको मजा नै प्रतिस्पर्धामा हुने गरेको बताउँदै खेलकै क्रममा धेरै कीर्तिमान पनि हुने गरेको बताए । ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई सहज भएको र घरेलु टोलीलाई समर्थकको साथले सुखद नतिजा मिलेको उनले बताए । नेपाली टोलीले विगतमा ब्याटिङ पक्ष सुधारका लागि सङ्घर्ष गरिरहेको तर अहिले केही सुधार भएको उनकाे भनाइ छ । नामिबिया कप्तान ग्रेहार्डले अहिलेको नेपाली टोलीले विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको टिप्पणी गरे ।
त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपालले स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ भने फागुन ६ गते नामिबियासँग फेरि खेल्नेछ । आउँदाे बुधवार नामिबिया र स्कटल्यान्डबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।