महिला टी–२० विश्व कपमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हरायो

 फागुन ५, २०७९ शुक्रबार ७:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो ।

जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट नगुमाइ भेट्टायो । उसका एलिसा हेली ५४ तथा बेथ मुनी ५६ रनमा अविजित रहे । हेली महिला टी–२० विश्व कपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

हेलीले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको समान ६ अर्धशतकको कीर्तिमान तोडेकी हुन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । श्रीलङ्काकी हर्षिता माधवीले सर्वाधिक ३४ रन बनाइन्।

समूह ‘ए’ मा अस्ट्रेलिया ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया