खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – ग्लोबल आईएमई बैंकले नेपाल प्रहरीलाई 'नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष' स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्लोबल आईएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच छात्रवृत्ति अक्षय कोष स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि बैंकले रकम हस्तान्तरण गरेकाे हाे । शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेनदार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामका लागि ग्लोबल आईएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गर्नुभयो । महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैंकलाई विशेष धन्यवाद दिँदै आउँदा दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रहेको बताउनुभयाे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित सङ्गठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा समेत सहयोग र सहकार्य आदानप्रदान हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।