रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ खारेज गरेकाे छ । सोमवार प्राधिकरणले थाई एअरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएकाेमा म्याद थप नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवम् प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता निराैलाले आजको मितिदेखि थाई एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम बन्द भएको बताउनुभयो । उहाँले थाई एअरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको बताउनुभयो । उहाँले अब सम्पूर्ण सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एअरलाइन्सले गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ । त्यसका साहयक कम्पनी, जीएसए कम्पनीले गर्दै आएको सेवाहरू आजका मितिदेखि बन्द भएका छन् । ग्राउन्ड ह्यान्डलिङ नेपाल वायु सेवाबाट हुन्छ । जहाजको प्राविधिक जाँच विमानस्थलमा भएको मेन्टेनेन्स अर्गनाइजेसनबाट हुनेछ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने बताउनुभयो ।
विमानस्थलका महाप्रबन्धक ठाकुर घुस प्रकरणमा मुछिनुभएकाे थाई स्माइल थाई एअरवेजकै सब्सिडरी कम्पनी रहेको छ । थाई स्माइलले उडान सञ्चालन सेवा दिए पनि थाइल्यान्डकाे नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा खारेज गरिएको प्राधिकरणले बताएको छ । साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिइने प्रावधान रहेको छ ।
विगतमा थाई एअरवेजले कोरियन, थाई स्माइल, क्याथे प्यासिफिक, सिङ्गापुर लगायत विभिन्न वायु सेवालाई मर्मतको सेवा दिँदै आएको थियो । प्राधिकरणका अनुसार थाईइ एअरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रुपैयाँ बढी छ । बन्द भएको थाई एअरवेजलाई चार वटा एअरलाइन्सका जहाजलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा दिँदा देशकाे वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो । तर प्राधिकरणको सोमवारको निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।