ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ । बार्सिलोनालाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।
गए राति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो । क्याम्पनाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका थिए । ओल्ड ट्राफोर्डमा भने युनाइटेडले १ गोलको अग्रता उल्टाएर जित निकाल्यो ।
खेलको १८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।
बार्सिलोना सन् १९९८/९९ को सिजनपछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न नसकेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।