ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - अर्जेन्टिनाका कप्तान एवम् पेरिस सेन्ट जर्मेइन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको थियो । मेस्सीले सन् २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।
पेरिसमा भएको अवार्ड घोषणा समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्व कपको उपाधि दिलाएका लियोनल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए । बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्।
इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले यो अवार्ड जितेकी छन् । फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।