विद्युत् प्राधिकरणको ‘एनईए एप’ सञ्चालन

 फागुन १६, २०७९ मंगलबार ७:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा ल्याएको छ।

ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ। यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘एनईए अफिसियएल एप’ सर्च गरी डाउनलोड गर्न सकिनेछ।

यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी साथै विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ। 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Chudamani Adhikari

    Feb. 28, 2023, 10:15 p.m.

    यो समाचार कै कुनै कुनामा एनईए एपको लिङ्क राखिदिएको भए कसको के जान्थ्यो र एइ १२ भाइ हो🙏🙏🙏🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया