आज काठमाण्डौसहित केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

 फागुन २०, २०७९ शनिबार ७:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका अरु बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ ।

भोलि लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना देखिएको छ । अबको तीन दिन कतै कतै मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षा पनि हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया