मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न ...
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाण्डौमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।
उहाँले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु नहुने पनि उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नवीनतम प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रवन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो । अहिले धेरै क्षेत्रमा पुराना नीति, कानूनी समस्याको रुपमा रहेकाले समायानुकुल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानून परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री शर्माको भनाइ छ ।
मन्त्री शर्माले साइबर सुरक्षा, गोपनयिता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानूनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले दूरसञ्चार पूर्वाधारमा भइहरेको अनावश्यक दोहोरो लगानीलाई न्युन गरी दूरसञ्चार सेवा सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रुपमा बिस्तार गरी सेवा सर्वसुलभ बनाउन र वातावरण संरक्षणका लागि दूरसञ्चारका पूर्वाधार निर्माण तथा प्रयोगलाई व्यवस्थित गर्न दूरसञ्चार पूर्वाधारको सहप्रयोगको नीति अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यस्तै उहाँले नेपाललाई पूर्ण रुपमा सूचना, प्रविधिमैत्री समाज निर्माण गरी विश्वमा सूचना तथा दूरसञ्चार क्षेत्रमा नेपालको बलियो उपस्थिति बनाउन र सूचना तथा प्रविधिमार्फत नेपाली जनताको गुणस्तीय जीवनयापनमा महत्वपूर्ण टेवा पुर्याउन, डिजिटल नेपालको अवधारणालाई मूर्त रुप दिन र समग्रमा आर्थिक, सामाजिक, रुपान्तरणमार्फत समुन्नत नेपाल, खुशी नेपालीको नारालाई व्यवहारतः प्राप्ति गर्न सरोकारवालासँग आवश्यक समन्वय गरी अघि बढ्न निर्देशन दिनुभयो ।
साथै, मन्त्री शर्माले कतिपय कामहरु कानूनको प्रावधानका कारण सम्पन्न हुन नसकेको भन्दै नियामक निकाय र सेवाप्रदायक संस्थाहरु पनि सेवाग्राहीसँग गम्भीर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले मुख्य शहरका अव्यवस्थित तारहरु हटाएर अघि बढ्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।