नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – अर्थविद् एवम् काठमाण्डाै विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित नभएको बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डाै विश्वविद्यालय र विश्व व्यापार सङ्गठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रा. डा. वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बनाउने वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।
प्रा. डा. वाग्लेले नेपालमा उत्पादन भएका वस्तुहरू विदेशमा निर्यात गर्नका लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेकोमा जाेड दिनुभयाे । तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुकाे निर्यात सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी नहुने बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘नेपालमा जति पनि वाणिज्य दिगोपनका लागि नीतिहरू बनिरहेका छन्, त्यस्ता नीतिहरू तथ्य तथ्याङ्कमा आधारित छैन । त्यस्ता नीतिलाई परिवर्तन नगरि नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन्, कुन आकारमा निर्यात हुन्छ भन्ने थाहा हुँदैन । यस सम्मेलनमा अहिलेसम्म सरकारले बनाएका नीतिहरू के भएर फेल भए भन्नेबारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रस्तुत हुन्छ ।।
प्रा. डा. वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताउनुभयो ।
सम्मेलन मङ्गलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्यान्डका प्राध्यापकहरूकाे सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।