काठमाण्डौमा हल्का वर्षा, अन्य पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान

 फागुन २४, २०७९ बुधबार ८:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – काठमाण्डौमा हल्का वर्षा भएको छ । पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभरकै मौसम बदली भएको छ । पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको र काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । यस्तै, हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपात हुनेछ । हिमाली क्षेत्रका एक दुई ठाउँमा अहिले पनि हिमपात भइरहेको मौसमविद्ले बताएका छन् । 

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया